Saturday, September 23, 2017

बुद्ध लामा बने नेपालकै पहिलो आइडल

असोज/७/शनिबार:=पोखरका बुद्ध लामा एपीवान(AP1) टेलिभिजनबाट प्रशारित ‘नेपाल आइडल’को विजेता भएका छन्।कतारको दोहामा भएको ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएर लामा पहिलो नेपाल आइडल भएका हुन्।उत्कृष्ट तीनबाट विजेता छनोटका लागि ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो। जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै बुद्ध  प्रतिष्ठाको पहिलो आवाज बन्न सफल भएका हुन।

एपीवान टेलिभिजनबाट प्रसारित प्रतियोगितामा उर्लाबारी मोरङका निशान भट्टराई र झरुवारासी ललितपुरका प्रताप दास क्रमशः फस्ट र सेकेन्ड रनरअप घोषित भए। निशानले ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट प्राप्त गरे भने प्रतापले १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ भोट पाए।
दोहाको ओमसलाल अल सानिम ईण्ड्रस्ट्रिय एरिया ग्राण्डमलको एम्पीथिएटर हलमा भएको  कार्यक्रममा आइडलका विजेताले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गर्नेछन्। यस्तै दोस्रो हुनेले १५ लाख रुपैयाँ पुरस्कार रहेको छ। यस्तै आइडलको तेस्रो स्थानमा हुने प्रतियोगीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

ग्राण्ड फिनालेमा बुद्ध, निशान, प्रतापसहित अरु ९ जना प्रतिस्पर्धिहरु (सागर आले, सुरज थापा, सुजाता पाण्डे, सन्ध्या जोशी, उल्सन श्रेष्ठ, प्रमिला राई, राहुल विश्वास, मेनुका पौडेल, केञ्जलमेहर श्रेष्ठ) लगायतकोले दमदार प्रस्तुति दिएका थिए।

Thursday, September 21, 2017

सन्नी लियोन काठमाडौंको तारे होटलमा जुवा खेलाउँदै,प्रहरी भन्छ -“हामीलाई जानकारी छैन”

काठमाडौं । बलिउड हट हिरोइन सन्नी लियोन केही दिनदेखि अनलाइन जुवा खेलाउन नेपाल भित्रिएको खुलासा भएको छ ।‘जितविन’ नामक अनलाइनमार्फत काठमाडौंको पाँचतारे र्‍याडिसन होटलमा उनले जुवा खेलाइरहेको सार्वजनीक भएको छ ।

नेपालमा अनुमति नलिई कुनै पनि प्रकारको अनलाइन जुवा खेलाउन पाइँदैन तर पनि सन्नी लियोन खुल्लम खुल्ला तारे होटलमा जुवा अखडा जमाएको स्रोतको दाबी छ ।

सन्नी लियोनले नेपाल आएर अनलाइन जुवा खेलाएको बारे प्रहरीलाई कुनै जानकारी नभएको नेपाल प्रहरीले बताएको छ ।