Friday, March 30, 2018

थारु समुदायको कन्तरी पुजा गर्न नवलपुरका थारु समुदाय देबचुली डाडांमा प्रस्थान

चैत्र ,१५ २०७४ 
प्रत्येक ५–५ वर्षपछि लाग्ने थारु समुदायको कन्तरी पूजा आज शिखरवाहिनी थान रजहरमा पूजा गरी शुरु भएको छ । नवलपरासीकै अग्लो पहाड भनेर चिनिने देबचुली पहाडमा रहेको देवीको मन्दिरमा पूजा गर्नका लागी नवलपुरका स्थानीय आदिवासी थारु समुदाय प्रस्थान गरेको हो । शिरथान कुमारवर्ती माई देबी संरक्षण समिति नवलपुर ले आयोजना गरेको धार्मिक तथा सास्कृतिक महत्व बोकेको सो पूजा देवचुलीमा शनिवार हुने समितिका अध्यक्ष बिकाराम चौधरीले जानकारी दिनुभयो । १७ गते देबचुलीमा पूजा गरी फक्रिएपछि १९ गते कुढौलीको जमुडार थान, २० गते कुशनहरीको गडिवान थान, २१ गते मालपुर थान, २२ गते सिक्रौली थान, २३ गते रजहर शिरबाहिनी थान, २४ गते भगवतीदेबी÷रामसिंह थान साँढमा, २६ गते डण्डा स्थित डणावर थान, २७ गते मणवार भार थान मदनपुर र चैत्र २८ गते कोलकट्टा जमुहिनिया भारी थानमा पूजा गरिसकेपछि सम्पन्न हुने अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

फाइल फोटो