Naseeb Mahato

Sunday, November 13, 2016

рд╢्рд░ीрдорддीрд▓ाрдИ рд╡िрдпोрдЧाрди्рдд рдкрдд्рд░ рд▓ेрдЦी рдПрдХ рдпुрд╡рдХ рдиाрд░ाрдпрдгी рдирджीрдоा рд╣ाрдордлाрд▓े

कात्तिक २८, । श्रीमतीलाई वियोगान्त पत्र लेखेर मोरङका एक युवक गए राति नारायणी नदीमा हामफालेका छन् । 

वडा प्रहरी कार्यालय नारायणीका अनुसार नारायणी नदीको पुलको बीच भागमा श्रीमतीलाई पत्र लेखेर छाडेका पथरी– १ मोरङका ३१ वर्षीय तिलकप्रसाद लिम्बू नदीमा हामफालेका हुन् । 

प्रहरी निरीक्षक राजेन्द्र थापाका अनुसार पत्रमा श्रीमती अञ्जलीलाई राम्रोसँग जिउन आग्रह गरिएको छ । पत्रसँगै श्रीमतीको सक्कल नागरिकता, आफ्नो नागरिकताको प्रतिलिपि, मोबाइल, चुरोट, लाइटर, ज्याकेट, कलम, विवाह दर्ताको प्रमाणपत्र पनि छाडिएको छ । उनीहरुको २०६० साल फागुन २५ गते विवाह भएको प्रमाणपत्रमा उल्लेख छ । आज बिहान पत्र र ती सामग्री फेला परेपछि प्रहरीले नदीमा उनको खोजीलाई तीव्रता दिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!
Commet...

рдирд╡рд▓рд░ाрд╕ीрд▓ाрдИ рдЕрдЦрдг्рдб рд░ाрдЦ्рдиुрдкрд░्рдиे рдоाрдЧ

नवलरासीलाई अखण्ड राख्नुपर्ने माग

नवलपरासी, २७ कात्तिक । संशोधन गरिने संविधानमा नवलपरासीलाई अखण्ड राख्नुपर्ने माग राख्दै थारु कल्याणकारी सभाले प्रधानमन्त्री समक्ष शुक्रबार ज्ञापनपत्र पठाएको छ ।

नवलपरासी जिल्लालाई नटुक्रयाई नवलपुर क्षेत्रलाई प्रदेश नं ५ मा राख्न माग गर्दै सभाले जिल्ला प्रशासन कार्यालय मार्फतसो ज्ञापनपत्र पठाएको हो ।
प्रादेशिक सिमाना गर्दा थारु बाहुल्य रहेको नवलपुर क्षेत्रलाई प्रदेश नं ५ मा नराखी यसअगावै प्रदेश नं ४ मा राखिए पनि यस पटक संशोधन गर्दा प्रदेश नं ५ मा राख्नुपर्ने माग सभाले राखेको छ । चितवनदेखि पश्चिम मधेसलाई थरुहट प्रदेश बनाउनु पर्ने माग पनि सभाको छ । रासस

Naseeb Mahato
Kawasoti 13
Info@NaseebMahato.in
+77-9807553995
+91-9500669206