Naseeb Mahato

Wednesday, December 27, 2017

рдкाँрдЪौ рдЦिрдЪрд░ा рдорд╣ोрдд्рд╕рд╡ реирежренрек’ рдХो рддрдпाрд░ी рддीрдм्рд░

धर्तीपुत्रका रुपमा परिचित चितवनका थारु समुदायले सञ्चालन गर्ने ‘पाँचौ खिचरा महोत्सव २०७४’ को तयारी तीब्र पारिएको छ ।पूर्वी चितवनको खैरहनी नगरपालिका–५, जबकौली गौचरनमा यहि पुस २८ देखि माघ ८ सम्म संचालन हुने महोत्सव स्थानिय थारु संस्कृतिको संरक्षण र थारु खानाको प्रबद्र्धन गर्नु रहेको आयोजकको भनाई छ । अहिले महोत्सव परिसर सजावटका कामहरु भईरहेको छ । महोत्सवमा २०० जति स्टल रहने र स्टल बुकिङ धमाधम भैरहेको जनाइएको छ ।महोत्सवमा बाल उद्यान लगायत मनोरञ्जनात्मक खेलहरु पनि महोत्सव परिसरभित्र राखिनुका साथै राष्ट्रिय तथा स्थानीय स्तरका ख्यातिप्राप्त कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने जनाइएको छ ।यसवर्ष महोत्सव परिसरमा घोङ्ही र चिचरको पोकाको विशाल मूर्ति स्थापना गरिदैछ । पर्यटनलाई प्रवद्र्धन गर्नका लागि महोत्सवस्थलदेखि कुमरोज मध्यवर्ती सामुदायिक वनमा जीप सफारी र जंगल सफारी, महोत्सव परिसरमा बोटिङ्ग कार्यक्रम राखिएको मूल आयोजक समितिका संयोजक नारायण प्रसाद महतोले जानकारी दिनुभयो ।महोत्सवमा आउने युवाहरुलाई लक्षित गरी खिचरा महोत्सवको पेज मार्फत सेल्फी प्रतियोगिता, खेलाडीहरुका लागि राष्ट्रियस्तरको भलिबल प्रतियोगिता, स्वास्थ्य सम्बन्धि जनचेतना जगाउन ४० वर्षभन्दा माथिका महिला र पुरुषको लागि छुट्टाछुट्टै दौड प्रतियोगिता, विद्यार्थीहरुका लागि विद्यालयस्तरिय वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगिता, कृषकहरुका लागि कृषि उपज प्रतियोगिता र थारु हस्तकला सम्बन्धि सीप जगेर्ना एवम् युवापुस्तालाई हस्तान्तत्रण गर्नका लागि थारु साँस्कृतिक घरेलु हस्तकला सामग्री निर्माण प्रतियोगिता आयोजना गरिएको प्रचारप्रसार संयोजक कारी महतोले बताउनु भयो ।
गतवर्ष झै यसपटक पनि महोत्सवमा चार जना पत्रकारहरुलाई नगदसहित पुरस्कृत गर्ने भएको छ । महोत्सव पूर्व र महोत्सव अवधिभर उत्कृष्ट समाचार तथा फिचर लेखेर प्रकाशन तथा प्रसारण गरेबापत खिचरा महोत्सवको समापन समारोहमा टेलिभिजन, पत्रपत्रिका, रेडियो र अनलाइनका चार जना पत्रकारहरुलाई नगदसहित पुरस्कृत गर्न लागिएको आयोजकले जनाएको छ ।
महोत्सवलाई भव्य रुपमा सफल बनाउनका लागि १५१ मूल आयोजक समिति र विभिन्न ३३ उपसमितिहरु गठन गरिएको छ । उपसमितिहरुले आफ्ना जिम्मेवारीका कामहरु तिब्र रुपमा अगाडि बढाएका छन् । महोत्सव परिसरभित्र प्रवेश गर्नका लागि ५० रुपैयाँ टिकट शुल्क लाग्ने र विद्यार्थीका लागि २५ रुपैयाँ टिकट लाग्ने जनाइएको छ । महोत्सवबाट बचत भएका रकम असहाय, अनाथ बालबालिकाहरु र आन्दोलनका घाइते सन्जीत महतोलाई सहयोग गर्नुका साथै थारु कल्याणकारिणी सभाका लागि भवन निर्माण गर्ने लक्ष्य राखिएको छ ।महोत्सव थारु कल्याणकारिणी सभा चितवनको क्षेत्र नं. ७ ले आयोजना गरेको हो ।