Naseeb Mahato

Friday, May 11, 2018

рдирд╡рд▓рдкрд░ाрд╕ीрдоा рдЕрдм рд╕ांрдЭ рен рдмрдЬेрдкрдЫि рд░рдХ्рд╕ी рдЦाрди рдирдкाрдЗрдиे

पश्चिम नवलपरासीको सदरमुकाम परासीमा अब सांझ ७ बजेपछि मदिरा प्रतिबन्ध लगाइने भएको छ ।
मदिरा नियन्त्रण गर्न पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले स्थानीय कानुन निर्माण गरेपछि यस्तो भएको हो ।
स्थानीय सरकार सञ्चालनसम्बन्धी पास भएका विधेयकअन्तर्गत बनाइएको कानुनमा समय निर्धारण गर्दै मदिरा बिक्री वितरणमा रोकसमेत लगाइएको छ।
नगरपालिकाको दोस्रो नगरसभाले पास गरेको बजार अनुगमन निर्देशिकामा गर्मीको समयमा आठ बजेपछि र जाडोको समयमा ७ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाइएको उल्लेख छ ।
निर्देशिका अनुसार तोकिएको समयभन्दा पछि होटल र अन्य सार्वजनिक स्थानमा बसेर मदिरा सेवन र बिक्री वितरण गर्न पाइने छैन। मदिराजन्य पदार्थले सामाजिक विकृति र हिंसाजन्य घटना बढाएको भन्दै समय सीमा निर्धारण गरिएको नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले बताए।
त्यसैगरी बजार, चोक र भीडभाड हुने स्थानमा कार्यक्रम गर्न निषेध गरेको छ । राजनीतिक दल, संघसंस्थालगायतले आमसभा, सम्मेलन तथा अन्य कुनै कार्यक्रम गर्नु परेमा खुला स्थानमा रहेका सार्वजनिक चौर वा अन्य स्थानमा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
बजार क्षेत्रको चोक, मुल सडक नै ओगट्ने गरी कार्यक्रम हुन थालेपछि नगरपालिकाले कानुन नै बनाएर त्यसलाई रोक लगाएको नगरप्रमुख गुप्ताले जानकारी दिए । नगरपालिकाले बनाएको कानुनमा सार्वजनिक सडक नै छेक्ने गरी विवाह, वर्तवन्धन, पूजा पाठलगायतका अन्य घरायसी कार्यक्रम समेत गर्न नपाइने उल्लेख छ ।