Naseeb Mahato

Tuesday, March 28, 2017

рдЪिрддрд╡ाрдирдХो рдХेрд╢рд░ाрдоा рд╡िрдХ्рд░рдо рдмाрдмा рдоेрд▓ा рдЖрдЬрджेрдЦि рд╕ुрд░ु

चितवन,चैत्र १५ –

नेपालकै पहिलो निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र लाग्ने एक मात्र विक्रम बाबा मेला आजदेखि सुरु भएको छ ।चैते दशैंका अवसरमा लाग्ने मेलाको आज निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कडेल र श्रीजङ्ग गण कसराका प्रमुख सेनानी माधव थापाले संयुक्त रुपमा बिक्रमबाबाको पुजा आराधना गरी शुभारम्भ गरे ।

आजदेखि सुरु भएको मेला १५ दिनसम्म चल्नेछ । चैतेदशैंलाई लक्षित गरी हरेक बर्ष चैत्र औंसीदेखि पूणिर्मासम्म मेला लाग्छ ।मेलामा होटल, खुद्रा सामाग्री, कपडा लगायतका स्टलहरु छन् । बनभोज स्थलको समेत व्यवस्था गरिएको छ ।

विक्रमबाबाको दर्शन गर्न जाने भक्तजनहरुहरुका लागि राप्ती नदीमा डुङ्गाको ब्यवस्था गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए । जसका लागि सहज रुपमा निकुञ्ज खुल्ला समेत गरिएको छ ।

साथै मेलामा आउने झजनहरुको सुरक्षा लागि निकुञ्ज सुरक्षार्थ खटिएको श्रीजगं गणले विशेष सुरक्षा लागू गरेको प्रमुख सेनानी एवं गणपति माधव थापाले बताए ।विक्रम बाबाको पूजा परापूर्व कालदेखि थारु जातिले गर्ने भएपनि पछिल्लो समय अन्य जातजातीहरुको पनि यसमा आस्था बढेको देखिन्छ ।

विक्रम बाबामा दर्शन गर्नाले सन्तान प्राप्ती, सुख लगायत मनोकांक्षा पुरा हुने विश्वास गरिन्छ । चैते दशैंमा हजारौ भक्तजनले विक्रम बाबा दर्शन गर्ने र पशु पंक्षी वली दिने गर्दछन् ।किम्बदन्तीका अनुसार विक्रम नाम गरेको आदीबासी (गुरौ) बाघको आक्रमणबाट ज्यान गएको ठाउमा पुजा गरे भाकल पूरा हुने, परिवारमा शान्ति, सन्तान प्राप्ति, मनोकामना पूरा हुने विश्वास छ ।

©®नारायणी online