Naseeb Mahato

Saturday, November 19, 2016

рдкूрд░्рд╡ी рдЪिрддрд╡рдирдХो рдЦैрд░рд╣рдиीрдоा рдЦिрдЪрд░ा рдорд╣ोрдд्рд╕рд╡рдХो рддрдпाрд░ी рдзूрдордзाрдорд▓े рд╕ुрд░ु рднрдпो

नसीब महतो-
मँसिर ४,खैरहनी( चितवन )=पूर्वी चितवनको खैरहनी नगरपालिकामा वर्षेनी आयोजना हुँदैआएको खिचरा महोत्सवको तयारी सुरुभएको छ।

यो पटक महोत्सव एकसाता सम्म चल्ने छ  । थारुकल्याणकारिणी सभा क्षेत्र नं. ७ ले यो वर्षको महोत्सवलाई अझै व्यवस्थित र प्रभावकारी बनाउन अहिले देखि नै तयारी थालेको हो। महोत्सवलाई व्यवस्थित बनाउने विषयमा थारु समुदायका अगुवाहरु सँग शनिवार छलफल गरेको छ । महोत्सव आयोजना हुने स्थल खैरहनी उच्च माध्यमिक विद्यालयको परिसरमा आयोजना गरिएको छलफल कार्यक्रममा यो पटक थारु समुदायको कला संस्कृति संगै आर्थिक गतिविधिलाई समेत समेट्न आयोजकलाई सुझाव दिएका छन् । थारु समुदायको परम्परागत पेशा कृषिलाई समेत यो पटकको महोत्सवमा उच्च प्राथमिकतामा राख्न सुझाएका छन् ।

थारुकल्याणकारिणी सभा क्षेत्र नं. ७ का सभापति नारायण महतोको अध्यक्षतामा बसेको बैठकले महोत्सव सफल पार्न  सभाकै सभापति  महतोको संयोजकत्वमा ३०१ सदस्य रहने गरी मुल समिति गठन गर्ने निर्णय गरेको छ ।  बैठकले यो  वर्ष पौष २८ गतेदेखि माघ ५ गते सम्म चौथौं खिचरा महोत्सव आयोजना गर्ने निर्णय गरेको छ ।

फाइल तस्बिर 2073 सलको महोत्सब !!