Naseeb Mahato

Monday, December 31, 2018

рдЪिрддрд╡рдирдХो рдЦैрд░рд╣рдиीрдоा рдкुрд╕ реирео рджेрдЦि рдЦिрдЪрд░ा рдорд╣ोрдд्рд╕рд╡, рддрдпाрд░ी рддीрд╡्рд░

थारु समुदायको महान् पर्व माघी ‘खिचरा’को अवसरमा प्रत्येक वर्ष आयोजना हुँदै आईरहेको छैठौं संस्करणको ‘खिचरा महोत्सव’ को तयारी तिव्र पारिएको छ ।

यही पुस २८ माघ ७ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका–५, गौचरनमा हुन लागेको महोत्सवको अहिले महोत्सव परिसर निर्माणका काम धमाधम भईरहेको छ । यसवर्षको महोत्सवलाई अझै विशेष बनाउने प्रयत्न भईरहेको महोत्सव मुल आयोजक समिति थारु कल्याणकारिणी सभा क्षेत्र नं.७ का अध्यक्ष चुडामणी चौधरीले बताए ।

महोत्सवमा थारु सँस्कृति झल्कने घरहरुका साथै खानाका परिकारहरु, बाल उद्यान, अन्य विभिन्न जातजातिका खानाका परिकारहरु समेत महोत्सवमा व्यवस्था गरिएको छ । त्यस्तै महोत्सवमा बाल उद्यान, कृषि परिसर, अटो परिसरलगायतका स्टलहरु रहनेछन् । महोत्सवमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु समेत हुने आयोजकले जनाएको छ ।

यस्तै साँस्कृतिक कार्यक्रमलाई पनि यसवर्ष विशेष जोड दिईएको छ । यसवर्ष चर्चित कलाकाहरुको विशेष प्रस्तुती रहने साँस्कृतिक समितिका संयोजक जयस चौधरीले जानकारी दिए ।

थारु समुदायले माघ १ गते नयाँ वर्षको रुपमा खिचरा (माघी) पर्व मनाउँदै आएका छन् । यही वर्षमा थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ ले खिचरा महोत्सव गर्दै आईरहेको छ । महोत्सवमा प्रत्येक वर्ष दर्शकहरुको घुइचो लाग्ने गरेको छ ।