Naseeb Mahato

Friday, March 24, 2017

рдирд╡рд▓рдкрд░ाрд╕ीрдХो рдХाрд╡ाрд╕ोрддीрдоा рдЧैँрдбाрдХो рдЖрдХ्рд░рдордгрдмाрдЯ рдПрдХ рдорд╣िрд▓ाрдХो рдоृрдд्рдпु рднрдПрдХो рдЫ ।

नवलपरासी: नवलपरासीको कावासोतीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

नमुना मध्यवर्ती सामुदायिक वनमा घाँस–दाउरा काट्न गएकी कावासोती नगरपालिका–७ रामनगर टोल बस्ने ४७ वर्षीया कुमारीदेवी महतो मृत फेला परेको प्रहरीले जनाएको छ ।

गत चैत ८ गते घरबाट वनमा घाँस–दाउरा काट्न गएकी महतो दुई दिनसम्म घर नफर्किएपछि उनको खोजी गरिएको थियो । खोजी गर्ने क्रममा महतो वन क्षेत्रमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शवको प्रकृति हेर्दा महतोलाई गैँडाले आक्रमण गरेकाले मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ। महतो घरदेखि दुई किमीको दूरीमा पर्ने जङ्गलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

See more at: http://www.hamarsanesh.com/