Naseeb Mahato

Wednesday, December 27, 2017

पाँचौ खिचरा महोत्सव २०७४’ को तयारी तीब्र

धर्तीपुत्रका रुपमा परिचित चितवनका थारु समुदायले सञ्चालन गर्ने ‘पाँचौ खिचरा महोत्सव २०७४’ को तयारी तीब्र पारिएको छ ।पूर्वी चितवनको खैरहनी नगरपालिका–५, जबकौली गौचरनमा यहि पुस २८ देखि माघ ८ सम्म संचालन हुने महोत्सव स्थानिय थारु संस्कृतिको संरक्षण र थारु खानाको प्रबद्र्धन गर्नु रहेको आयोजकको भनाई छ । अहिले महोत्सव परिसर सजावटका कामहरु भईरहेको छ । महोत्सवमा २०० जति स्टल रहने र स्टल बुकिङ धमाधम भैरहेको जनाइएको छ ।महोत्सवमा बाल उद्यान लगायत मनोरञ्जनात्मक खेलहरु पनि महोत्सव परिसरभित्र राखिनुका साथै राष्ट्रिय तथा स्थानीय स्तरका ख्यातिप्राप्त कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने जनाइएको छ ।यसवर्ष महोत्सव परिसरमा घोङ्ही र चिचरको पोकाको विशाल मूर्ति स्थापना गरिदैछ । पर्यटनलाई प्रवद्र्धन गर्नका लागि महोत्सवस्थलदेखि कुमरोज मध्यवर्ती सामुदायिक वनमा जीप सफारी र जंगल सफारी, महोत्सव परिसरमा बोटिङ्ग कार्यक्रम राखिएको मूल आयोजक समितिका संयोजक नारायण प्रसाद महतोले जानकारी दिनुभयो ।महोत्सवमा आउने युवाहरुलाई लक्षित गरी खिचरा महोत्सवको पेज मार्फत सेल्फी प्रतियोगिता, खेलाडीहरुका लागि राष्ट्रियस्तरको भलिबल प्रतियोगिता, स्वास्थ्य सम्बन्धि जनचेतना जगाउन ४० वर्षभन्दा माथिका महिला र पुरुषको लागि छुट्टाछुट्टै दौड प्रतियोगिता, विद्यार्थीहरुका लागि विद्यालयस्तरिय वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगिता, कृषकहरुका लागि कृषि उपज प्रतियोगिता र थारु हस्तकला सम्बन्धि सीप जगेर्ना एवम् युवापुस्तालाई हस्तान्तत्रण गर्नका लागि थारु साँस्कृतिक घरेलु हस्तकला सामग्री निर्माण प्रतियोगिता आयोजना गरिएको प्रचारप्रसार संयोजक कारी महतोले बताउनु भयो ।
गतवर्ष झै यसपटक पनि महोत्सवमा चार जना पत्रकारहरुलाई नगदसहित पुरस्कृत गर्ने भएको छ । महोत्सव पूर्व र महोत्सव अवधिभर उत्कृष्ट समाचार तथा फिचर लेखेर प्रकाशन तथा प्रसारण गरेबापत खिचरा महोत्सवको समापन समारोहमा टेलिभिजन, पत्रपत्रिका, रेडियो र अनलाइनका चार जना पत्रकारहरुलाई नगदसहित पुरस्कृत गर्न लागिएको आयोजकले जनाएको छ ।
महोत्सवलाई भव्य रुपमा सफल बनाउनका लागि १५१ मूल आयोजक समिति र विभिन्न ३३ उपसमितिहरु गठन गरिएको छ । उपसमितिहरुले आफ्ना जिम्मेवारीका कामहरु तिब्र रुपमा अगाडि बढाएका छन् । महोत्सव परिसरभित्र प्रवेश गर्नका लागि ५० रुपैयाँ टिकट शुल्क लाग्ने र विद्यार्थीका लागि २५ रुपैयाँ टिकट लाग्ने जनाइएको छ । महोत्सवबाट बचत भएका रकम असहाय, अनाथ बालबालिकाहरु र आन्दोलनका घाइते सन्जीत महतोलाई सहयोग गर्नुका साथै थारु कल्याणकारिणी सभाका लागि भवन निर्माण गर्ने लक्ष्य राखिएको छ ।महोत्सव थारु कल्याणकारिणी सभा चितवनको क्षेत्र नं. ७ ले आयोजना गरेको हो ।

Saturday, October 07, 2017

नवलपरासीमा पौडी खेल्ने क्रममा नदीमा डुवेर दुई बालक बेपत्ता

असोज १९, नवलपरासी । नवलपरासीको कावासोती नगरपालिका ११,  लौगाईमा पौडी खेल्ने क्रममा नारायणी नदीमा डुवेर दुई बालक  वेपत्ता भएका छन ।

कावासोती ११ लौगाई बस्ने  १० वर्षका  थम प्रसाद महत्तो (सुमन) र वर्ष ८ का  सुसन महत्तो बुधबार दिउसो नारायणी नदीमा नुहाउने क्रममा  बेपत्ता भएको ईलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी सहायक निरीक्षक रुकमाङ्गत न्यौपानेले बताउनु भयो । 

बेपत्ता भएका उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । २ दिन अघि पनि नारायणी नदीमा पौडी खेल्ने क्रममा एक बालक नदीमा डुबेर बेपत्ता भएका थिए । 

विनयी त्रिवेणी गाउँपालिका– ७ स्थित ब्यारेज पुल नजिक नारायणीमा पौडी खेल्ने क्रममा स्थानीयवासी १० वर्षीय सुजन थनेत बेपत्ता भएका थिए ।

नवलपरासीमा पौडी खेल्ने क्रममा नदीमा डुवेर दुई बालक बेपत्ता

असोज १९, नवलपरासी । नवलपरासीको कावासोती नगरपालिका ११,  लौगाईमा पौडी खेल्ने क्रममा नारायणी नदीमा डुवेर दुई बालक  वेपत्ता भएका छन ।

कावासोती ११ लौगाई बस्ने  १० वर्षका  थम प्रसाद महत्तो (सुमन) र वर्ष ८ का  सुसन महत्तो बुधबार दिउसो नारायणी नदीमा नुहाउने क्रममा  बेपत्ता भएको ईलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी सहायक निरीक्षक रुकमाङ्गत न्यौपानेले बताउनु भयो । 

बेपत्ता भएका उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । २ दिन अघि पनि नारायणी नदीमा पौडी खेल्ने क्रममा एक बालक नदीमा डुबेर बेपत्ता भएका थिए । 

विनयी त्रिवेणी गाउँपालिका– ७ स्थित ब्यारेज पुल नजिक नारायणीमा पौडी खेल्ने क्रममा स्थानीयवासी १० वर्षीय सुजन थनेत बेपत्ता भएका थिए ।

Saturday, September 23, 2017

बुद्ध लामा बने नेपालकै पहिलो आइडल

असोज/७/शनिबार:=पोखरका बुद्ध लामा एपीवान(AP1) टेलिभिजनबाट प्रशारित ‘नेपाल आइडल’को विजेता भएका छन्।कतारको दोहामा भएको ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएर लामा पहिलो नेपाल आइडल भएका हुन्।उत्कृष्ट तीनबाट विजेता छनोटका लागि ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो। जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै बुद्ध  प्रतिष्ठाको पहिलो आवाज बन्न सफल भएका हुन।

एपीवान टेलिभिजनबाट प्रसारित प्रतियोगितामा उर्लाबारी मोरङका निशान भट्टराई र झरुवारासी ललितपुरका प्रताप दास क्रमशः फस्ट र सेकेन्ड रनरअप घोषित भए। निशानले ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट प्राप्त गरे भने प्रतापले १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ भोट पाए।
दोहाको ओमसलाल अल सानिम ईण्ड्रस्ट्रिय एरिया ग्राण्डमलको एम्पीथिएटर हलमा भएको  कार्यक्रममा आइडलका विजेताले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गर्नेछन्। यस्तै दोस्रो हुनेले १५ लाख रुपैयाँ पुरस्कार रहेको छ। यस्तै आइडलको तेस्रो स्थानमा हुने प्रतियोगीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

ग्राण्ड फिनालेमा बुद्ध, निशान, प्रतापसहित अरु ९ जना प्रतिस्पर्धिहरु (सागर आले, सुरज थापा, सुजाता पाण्डे, सन्ध्या जोशी, उल्सन श्रेष्ठ, प्रमिला राई, राहुल विश्वास, मेनुका पौडेल, केञ्जलमेहर श्रेष्ठ) लगायतकोले दमदार प्रस्तुति दिएका थिए।

Thursday, September 21, 2017

सन्नी लियोन काठमाडौंको तारे होटलमा जुवा खेलाउँदै,प्रहरी भन्छ -“हामीलाई जानकारी छैन”

काठमाडौं । बलिउड हट हिरोइन सन्नी लियोन केही दिनदेखि अनलाइन जुवा खेलाउन नेपाल भित्रिएको खुलासा भएको छ ।‘जितविन’ नामक अनलाइनमार्फत काठमाडौंको पाँचतारे र्‍याडिसन होटलमा उनले जुवा खेलाइरहेको सार्वजनीक भएको छ ।

नेपालमा अनुमति नलिई कुनै पनि प्रकारको अनलाइन जुवा खेलाउन पाइँदैन तर पनि सन्नी लियोन खुल्लम खुल्ला तारे होटलमा जुवा अखडा जमाएको स्रोतको दाबी छ ।

सन्नी लियोनले नेपाल आएर अनलाइन जुवा खेलाएको बारे प्रहरीलाई कुनै जानकारी नभएको नेपाल प्रहरीले बताएको छ ।