Naseeb Mahato Passport Size Photo 2018
Welcome To Naseeb Mahato Website. Naseeb Mahato Kawasoti - 13, Gairi, Naya Basti, Nawalparasi (OR) Bharatpur 14, Chitwan (OR) Chennai, Tamil Nadu. www.facebook.com/NaseebMahato www.facebook.com/TharuOfNepal 😊 +977-9807553995 | +91-9807553995 😊 😊 NaseebMahato@outlook.com 😊 😊Founder Of : Tharu Community - Kawasoti😊 कावासोती - १३, गैरी, नयााँ बस्ती, नवलपरासी, गण्डकी, नेपाल - ३३०००.
Naseeb Mahato
Saturday, May 26, 2018
Monday, May 21, 2018
विद्यार्थीलाई उत्प्रेरित गर्ने १५ बुँदा
विद्यार्थीलाई अभिप्रेरित गरेर मात्र उनीहरूलाई विषयवस्तुमा रुचि जगाउन सकिन्छ भन्नेमा कसैको विमति रहेको पाइँदैन । विद्यार्थीमा उत्प्रेरणा जगाउने काम सजिलो भने छैन । यसको पहिलो शर्त हो शिक्षकको प्रतिबद्धता र समर्पण । त्यतिले मात्र पनि पुग्दैन; त्यसका लागि व्यावहारिक ज्ञान, सीप र कलाको पनि उत्तिकै खाँचो पर्छ । विद्यार्थीलाई सिक्न र उत्प्रेरित गर्नका लागि निम्न विधि उपयोगी सावित हुनसक्छन्ः
१. स्पष्ट बन्नुस्ः शिक्षक कक्षामा धेरै गफ गर्न र विचार छाँट्नतिर कहिल्यै लाग्नुहुँदैन । आत्मकेन्द्रित र घमण्ड पनि गर्नुहुँदैन । आफूले पढाउने विषयको अध्ययन गरेर मात्र विद्यार्थीमाझ् अनुकरणीय व्यक्तिका रूपमा प्रस्तुत हुनुपर्छ । पढाउने विषयमा दत्तचित्त हुने र आफूले बुझेका कुरालाई सरल ढङ्गले हाँसेर विद्यार्थीमाझ् राख्ने प्रयास गरेमा उत्प्रेरणा जगाउन सहयोग पुग्छ ।
२. उत्साही बन्नुस्ः पठनपाठनप्रति तपाईं उत्सुक हुनुहुन्छ भने विद्यार्थी पनि उत्सुक हुन्छ । त्यसकारण लोसेपाराले होइन जोस, जाँगर र उत्साहसाथ पढाउने गर्नुस् । तपाईं उत्साही बन्नुभयो भने विद्यार्थीमा पनि उत्साही बन्नुपर्छ भन्ने छाप पर्छ । तपाईंको अल्छीपनाले विद्यार्थीलाई पनि अल्छी बनाउँछ । सुहाउँदिलो हाउभाउ गर्दै पढाउनुभयो भने विद्यार्थीको ध्यान तान्न तपाईं सफल हुनुहुनेछ । उत्साही शिक्षकको कक्षामा विद्यार्थी कहिल्यै निदाउँदैनन् ।
३. आवश्यक परेमा केही नियमलाई बदल्न पनि सक्नुहुन्छःयसो गर्दा यदि विद्यार्थीले पठनपाठनमा ध्यान दिएनन् र तपाईंले दिएको अभ्यास समयमा बुझएनन् भने आफूले अपनाउँदै आएको शिक्षण विधिको कमजोरीका कारण त्यस्तो भएको ठानी उनीहरूलाई मद्दत गर्नुपर्छ । यस्तो अवस्थामा अलिकति समय बढी दिने र पढाइरहेको विषयलाई सजिलो ढङ्गले बुझउने जमर्को गर्नुपर्छ । यसो गर्दा कक्षामा पालना गर्नुपर्ने केही नियम परिवर्तन गर्नुपर्ने पनि हुनसक्छ । विद्यार्थीलाई बुझउनका लागि शिक्षकले पहिले बनाएका नियमहरूमा अडिग रहनुपर्छ भन्ने छैन । तर त्यसमा केही हदसम्म सतर्क रहनुपर्छ । आफ्नो पढाउने तरिकाप्रति विद्यार्थीको विश्वास स्थापित गर्ने प्रयास गर्नुपर्छ ।
४. सफा र राम्रो पहिरनमा ध्यान दिनुस्ः विद्यार्थीहरूमा तपाईंले सकारात्मक प्रभाव पार्न आवश्यक हुन्छ । कक्षाकोठामा घुमेर पढाउन सक्नुभयो भने राम्रो हुन्छ । तर तपाईंले सामान्य मानिसले भन्दा फरक पोसाक लगाउनुपर्दैन । तपाईंको पहिरन सफा र इस्त्री गरेर चिटिक्क परेको छ भने त्यसले छात्रछात्रामा राम्रो प्रभाव पार्छ । यदि तपाईंलाई उनीहरूले आदर्श माने भने तपाईंका निर्देशनअनुसार पढाइमा पनि बढी ध्यान दिन थाल्छन् ।
५. रमाइलो वातावरण सिर्जना गर्नुस्ः नयाँ र विस्तृत कक्षा योजनाका साथै अलिअलि ख्यालठट्टा पनि गर्न नभुल्नुस् । यसले विद्यार्थीको ध्यान तपाईंतिर तान्छ र तपाईंले भनेका कुरा बुझन तिनलाई सजिलो हुन्छ । विद्यार्थीलाई लिएर पुस्तकालय जाने, भित्तेपत्रिका र हस्तलिखित स–साना पुस्तिकाहरू निकाल्ने जस्ता रचनात्मक काममा ध्यान पु¥याउँदा विद्यार्थी खुसी पनि हुन्छन् । यसबाट उनीहरूलाई विषयवस्तु सजिलोसित बुझन सहयोग पुग्छ ।
६. कक्षामा हल्का व्यङ्ग्य पनि गर्ने गर्नुस्ः विद्यार्थीहरू व्यङ्ग्य मन पराउँछन् । वास्तवमा, हाउभाउ र ठट्यौलो पाराले पढाउँदा विद्यार्थीहरूले बढी आनन्द अनुभव गर्न सक्छन् । त्यसरी कक्षा सञ्चालन गर्दा तपाईंका कुरा सुन्न विद्यार्थीलाई दिक्क लाग्दैन र पढाएको कुरा पनि राम्ररी बुझन सक्छन् । व्यङ्ग्य गरिरहँदा तपाईंले रिसाहा मुद्रा प्रकट गर्नुहुँदैन, हँसिलो रहनुपर्छ । उनीहरूलाई खुसी पार्नका लागि व्यङ्ग्य गरिरहँदा तपाईंको भावभङ्गी र भाषाबीच पनि तालमेल हुनुपर्छ । व्यङ्ग्य गरेर उनीहरूलाई हँसाउने हो, चित्त दुखाउने होइन भन्ने कुरालाई सधैं ख्याल राख्नुस् ।
७. ‘अलिअलि जान्नेछु’ भन्ने भाव पनि देखाउनुस्ः एउटा शिक्षकका रूपमा तपाईंले आफू जान्नेछु भन्ने देखाउन आवश्यक हुन्छ । तर ‘आफू मात्र जान्नेछु’ भन्ने घमण्ड भने नगर्नुस् । आफूले जानेको कुरा विद्यार्थीले पनि जान्न सक्छन् भन्ने आत्मविश्वास पैदा गराउन विशेष ध्यान दिनुस् । विद्यार्थीलाई तपाईंले पढाइरहनुभएको विषयप्रति चाख जगाउने प्रयत्न गर्नुस् । यसनिम्ति तपाईंले आफ्नो क्षमता प्रदर्शन गर्नु जरुरी हुन्छ । शिक्षकले एक प्रकारले विद्यार्थीसित अन्तर्वार्ता नै गरिरहेका हुन्छन् । क्षमता प्रदर्शनको काम सौम्य ढङ्गले गर्नुस् । विद्यार्थीसित दोहोरो संवाद गर्दा झ्र्को मान्नुहुँदैन बरु खुसी हुनुपर्छ । विद्यार्थीसित अन्तरक्रियात्मक अन्तर्वार्ता गर्दा उनीहरूलाई लामो भाषण गर्न दिनुहुँदैन ।
८. आफ्नो धारणा राख्नुस् अनि विद्यार्थीको धारणा पनि सुन्नुस्ः विद्यार्थीलाई आफूले कुन विषयमा के गर्न लागेको हो भन्नेबारेमा जानकारी दिन र उनीहरूको त्यसमा विचार बुझन एकदमै आवश्यक छ । सामूहिक रूपमा (शिक्षक–विद्यार्थी) भएरै समस्या समाधान गर्ने शैली अपनाउनुस्, त्यस बेला तपाईं विद्यार्थीको भन्दा फरक धारणासहित आफूलाई प्रस्तुत गर्न पनि सक्नुहुन्छ ।
९. विद्यार्थीलाई खुल्ने मौका दिनुस्ः लाज मानेर कक्षामा खुल्न नसकिरहेका विद्यार्थीलाई खुल्ने मौका दिनुस् । उनीहरूले समुदाय, देश र विश्वकै बारेमा पनि केही भन्न सक्छन् । उनीहरूले तपाईंले नसोचेको कोणबाट कुरा उठाउन सक्छन् । तपाईंलाई विश्वास गरेपछि र तपाईंले उनीहरूका कुरा सुनिरहनुभएको छ भन्ने पक्का भएपछि मात्र यस्ता कुरा विद्यार्थीले मात्र भन्न सक्छन् । उनीहरू तपाईंको पृष्ठभूमिसहित पढाउने तरिका जान्ने जमर्को गरिरहेका हुन्छन् । राम्रो पढाउने शिक्षक छ भने विद्यार्थीले त्यस्ताको पृष्ठभूमि नखोज्न पनि सक्छन् ।
१०. व्याख्या गर्नुस्ः हालै गरिएका केही अध्ययनले के देखाएको छ भने अधिकांश विद्यार्थी गृहकार्यमा कमजोर हुन्छन् । किनभने तिनीहरूलाई गृहकार्य किन गर्नुपर्छ भनी बुझइएको हुँदैन । कुरा नबुझेर उनीहरूले गृहकार्य नगरेका हुन् वा शीर्षक, अवधारणा वा क्रियाकलाप चाखलाग्दा र महत्वपूर्ण नभएर गृहकार्यमा कमजोर बनेका हुन् ? शिक्षकले पत्ता लगाउनुपर्छ । गृहकार्यमा विद्यार्थीलाई कहिलेकाहीँ स्केच, तस्बिर आदि भएका पत्रपत्रिकाहरू दिएर पनि मद्दत गर्न सकिन्छ भन्ने कुरा शिक्षकले हेक्का राख्नुपर्छ । आफू किन र के गर्दैछु भन्ने निश्चित नभएका विद्यार्थीले कहिल्यै पनि राम्रो गर्न सक्दैनन् । त्यसकारण यो कुरामा शिक्षक सदैव चनाखो हुनुपर्छ ।
११. पुरस्कृत गर्नुस्ः पढाइ राम्रो नभएका विद्यार्थीलाई पुरस्कार दिएर पनि उत्प्रेरित गर्न सकिन्छ । कमजोर विद्यार्थीलाई आलोचना गरेर मात्र सुधार गर्न सकिँदैन । गाली गरेर कोही पनि सप्रिँदैन । हतोत्साहित गर्नुभन्दा पुरस्कृत गरेर वा शिष्ट व्यवहार गरेर कमजोरलाई सुधार्न सकिन्छ । कमजोर विद्यार्थीले अलिकति मात्र प्रगति गरेको छ भने पनि उसलाई राम्रो पुरस्कार दिएर तिमी अझ् राम्रो गर्न सक्छौ भन्ने आत्मविश्वास जगाउनुस् । पुरस्कार विद्यार्थीको तह र स्तरअनुसार सामान्य खालको हुुनुपर्छ ।
१२. हेरविचार गर्न नभुल्नुस्ः विद्यार्थीले दिक्दार वा बिरामी भएको महसुस गरेको छ भने उसलाई के भएको छ भन्ने बुझनुस् र आवश्यक मद्दत उपलब्ध गराउनुस् । उसलाई अभिभावकको जस्तो व्यवहार गर्नुस् । शिक्षकले आपूmलाई माया गरेको, आफ्ना समस्या र गल्तीका कारण बुझेको विश्वास भएपछि तपाईं र विद्यार्थीबीचको आपसी सम्बन्ध प्रगाढ हुन्छ । कक्षामा खुरुखुरु आउने र पाठ पढाएर मात्र फर्कने शिक्षकभन्दा ‘भविष्यमा तिम्रो के बन्ने योजना छ ?’, ‘के गर्न मन लाग्छ ?’ जस्ता जीवनोपयोगी प्रश्न सोध्ने शिक्षकलाई विद्यार्थीले बढी मनपराउँछन् र विश्वास पनि गर्छन् ।
१३. सहभागी गराउनुस्ः स्वयं विद्यार्थीलाई पठनपाठनमा सहभागी गराउन उत्प्रेरित गर्ने राम्रो तरिका हो । विद्यार्थीको अगाडि उभिएर ‘लेक्चर’ मात्र छाँट्नु सबैभन्दा कमजोर तरिका हो । विद्यार्थीलाई समूहगत रूपमा अभ्यास गर्न लगाउने, के विषयमा कसरी अभ्यास गर्ने भन्ने उनीहरूलाई नै निर्णय गर्न दिने आफू पनि सहभागी हुने गरेमा विद्यार्थीलाई धेरै सजिलो हुनसक्छ । कक्षाकोठामा र बाहिर गराउने क्रियाकलापमा सन्तुलन राख्नेतर्फ शिक्षकले ध्यान पु¥याउनुपर्छ । उदाहरणका लागि प्रकृतिका बारेमा पढाउनु छ भने कक्षामा भन्दा बाहिर लगेर सजिलोसँग बुझउन सकिन्छ ।
१४. विद्यार्थीको आवश्यकता बुझेर सन्तुष्ट पार्नुस्ः विद्यार्थीले के चाहिरहेका छन् भन्ने बुझेर पढाउँदा मात्र उनीहरूलाई खुसी राख्न सकिन्छ । खासगरी माया, सामथ्र्य, मनोरञ्जन र स्वतन्त्रता नै उनीहरूका आधारभूत आवश्यकता हुन् । विद्यार्थीको आवश्यकतालाई दमन गर्न खोज्नु उनीहरूलाई चिन्न नसक्नु हो । त्यसकारण शिक्षकले उनीहरूको आवश्यकता पहिचान गरी पठनपाठनलाई विद्यार्थी अनुकूल बनाउनुपर्छ । विद्यार्थीको आवश्यकता बुझेर पढाउन सकियो भने उनीहरू कठिन परिश्रम गर्न पनि पछि हट्दैनन् र सफलता हासिल गरेरै छाड्छन् ।
१५. समूहगत कार्य गराउनुस्ः मानिस एकआपसमा मिलेर बस्न रुचाउने सामाजिक प्राणी हो । युवा र वयस्कहरू साधारणतया समूहमा काम गर्न चाहन्छन् । विशेषगरी विद्यार्थीहरू प्रायः एक्लै गृहकार्य गर्न मन नलाग्ने गुनासो गर्छन् । तैपनि हामी उनीहरूलाई एक्लै गृहकार्य गर्न दबाब दिने गर्छौं । यदि हामीले समूहगत गृहकार्यको व्यवस्था ग¥यौँ भने त्यसबाट कमजोर विद्यार्थीले बढी फाइदा लिन सक्छन् । विद्यार्थीले सिक्नुभन्दा एकआपसमा सिकाउने र सिक्ने तरिका अपनाए भने त्यो बढी उपयोगी हुनसक्छ ।
प्रस्तुतिः ध्रुव सिम्खडा
www.wikihow.com www.virtualsalt.com मा आधारित
Wednesday, May 16, 2018
१२ वर्षीय बालिकालाई सामूहिक करणी गरेको आरोपमा कावासोतीका तीन युवालाई नवलपुर जिल्ला अदालतले १३ वर्षको कैद फैसला
२०७५ जेठ २
१२ वर्षीय बालिकालाई सामूहिक करणी गरेको आरोप पक्राउ परेका कावासोतीका तीन युवालाई नवलपुर जिल्ला अदालतले १३ वर्षको कैद फैसला गरेको छ । कावासोती नगरपालिका वडा नम्बर १३ मा दुई वर्षअघि १२ वर्षीय बालिकालाई सामूहिक करणी गरेको आरोपमा पक्राउ परेका तीन जना युवालाई अदालतले १३ वर्ष कैद र १–१ लाख रुपैयाँ क्षतिपूर्ति असुल गर्ने गरी फैसला सुनाएको हो ।
कावासाती निवासी कृष्ण महत्तो, विनोद गुरुङ र केशव थापालाई दोषि ठहर गर्दै नवलपुर जिल्ला अदालतका जिल्ला न्यायधिस विदुर कोइरालाको इजलासले यस्तो फैसला गरेको हो ।
विस २०७२ साल चैत्र १८ गते १२ वर्षीय बालिका सामूहिक करणीमा परेकी थिइन । करणी पश्चात फरार रहेका तीनै जनालाई राजनीतिक दवावका कारण प्रहरी पक्राउ नगरेको भन्दै विभिन्न महिला अधिकारवादीहरुले लगातार १४ दिन राजमार्ग बन्द, प्रशासन कार्यालय बन्द तथा धर्ना लगायतका विभिन्न कार्यक्रम गरेपछि तीनैजनालाई विस २०७३ वैशाख ३ गते प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेपश्चात हिरासतमा राखेर जिल्ला अदालतमा सामूहिक करणीको मुद्धा दायर गरिएको थियो । अदालतले २ वर्षमा पीडितको पक्षमा फैसला सुनाएको हो ।
Friday, May 11, 2018
नवलपरासीमा अब सांझ ७ बजेपछि रक्सी खान नपाइने
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा अब सांझ ७ बजेपछि मदिरा प्रतिबन्ध लगाइने भएको छ ।
मदिरा नियन्त्रण गर्न पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले स्थानीय कानुन निर्माण गरेपछि यस्तो भएको हो ।
स्थानीय सरकार सञ्चालनसम्बन्धी पास भएका विधेयकअन्तर्गत बनाइएको कानुनमा समय निर्धारण गर्दै मदिरा बिक्री वितरणमा रोकसमेत लगाइएको छ।
नगरपालिकाको दोस्रो नगरसभाले पास गरेको बजार अनुगमन निर्देशिकामा गर्मीको समयमा आठ बजेपछि र जाडोको समयमा ७ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाइएको उल्लेख छ ।
निर्देशिका अनुसार तोकिएको समयभन्दा पछि होटल र अन्य सार्वजनिक स्थानमा बसेर मदिरा सेवन र बिक्री वितरण गर्न पाइने छैन। मदिराजन्य पदार्थले सामाजिक विकृति र हिंसाजन्य घटना बढाएको भन्दै समय सीमा निर्धारण गरिएको नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले बताए।
त्यसैगरी बजार, चोक र भीडभाड हुने स्थानमा कार्यक्रम गर्न निषेध गरेको छ । राजनीतिक दल, संघसंस्थालगायतले आमसभा, सम्मेलन तथा अन्य कुनै कार्यक्रम गर्नु परेमा खुला स्थानमा रहेका सार्वजनिक चौर वा अन्य स्थानमा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
बजार क्षेत्रको चोक, मुल सडक नै ओगट्ने गरी कार्यक्रम हुन थालेपछि नगरपालिकाले कानुन नै बनाएर त्यसलाई रोक लगाएको नगरप्रमुख गुप्ताले जानकारी दिए । नगरपालिकाले बनाएको कानुनमा सार्वजनिक सडक नै छेक्ने गरी विवाह, वर्तवन्धन, पूजा पाठलगायतका अन्य घरायसी कार्यक्रम समेत गर्न नपाइने उल्लेख छ ।
Monday, April 16, 2018
"बनवा फुलेलै लाले लाल" थारु म्युजिक भिडियो गीत सार्वजनिक (भिडियो हेर्नुहोस्..)
NewTharu Song Banawa Phoolelai Lale Lal By Dev Narayan Mahato, Uma Chaudhary Ft.Jitendra, Kanchan
Song : Banawa Phoolelai Lale lal
Lyrics & Music: Dev Narayan Mahato
Singer: Dev Narayan Mahato, Uma Chaudhary
Arranger: Rupam Singh Gurung
Arial Photography : Ram Janam Chaurasiya
Camera : Laxman Ghimire, Pati Ram Thanait
Cast: Jitendra Kumar Mahato, Kanchan Chaudhary
Edit: Suresh Chaudhary
Director : Hira Chaudhary
Producer : Unity Cement Samagri Pvt. Ltd.
Post Production :ND STUDIO The Story Maker
__________________________________
Stay Connected With Us!!
©® Tharu Of Nepal, Naseeb Mahato & Mahato Group ©®
Google Map:
Naseeb Mahato
Kawasoti 33000, Nepal
+977 980-7553995
https://goo.gl/maps/BGGR57VDjf32
Naseeb Mahato WiFi Zone
Dibyanagar 44200, Nepal
+977 980-7553995
https://goo.gl/maps/id3qr8isesF2
Like us On Facebook:
https://www.facebook.com/TharuOfNepal
https://www.facebook.com/MahatoNaseeb
https://www.facebook.com/MahatoGroup
Blog:
https://www.NaseebMahato.Blogspot.com
Website:
http://www.pithauli.com
Follow us On Twitter:
https://www.twitter.com/NaseebMahato
Follow Us On Google Plus:
https://plus.google.com/+NaseebMahato
Follow Us On Instagram:
https://www.instagram.com/NaseebMahato
Follow Us On Smule:
https://www.smule.com/NaseebMahato
Admin Founder Owner:
Naseeb Mahato
+977-9807553995
+91-9500669206
+91-9080996644
+91-7010481582
https://www.facebook.com/NaseebMahato
NaseebMahato@gmail.com
NaseebMahato@icloud.com
Naseeb@pithauli.com
MahatoNaseeb@gmail.com
(Google Map: Naseeb Mahato Kawasoti Nepal)
Kawasoti 13, Nawalparasi Nepal.
Thank You...
©® Tharu Of Nepal, Naseeb Mahato & Mahato Group ©®.